SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ साउन २०८२ १२:१० AM · 1 मिनेट पढाइ

मेलौली मन्दिरमा निर्माण भइरहेको पूर्वाधारका योजनाहरू अलपत्र

बैतडी : बैतडीको मेलौली भगवती मन्दिरमा निर्माण भइरहेको पूर्वाधारका योजनाहरू अलपत्र अवस्थामा छन्। समयमा बजेट व्यवस्थापन नहुँदा पूर्वाधार निर्माणका योजनाहरूको काम अलपत्र रहेको हो। आर्थिक वर्ष २०७७/०७८ देखि निर्माण सुरु भएको पूर्वाधार योजनाका अधिकांश कामहरू अलपत्र छन्। निर्माण सुरु भएको ४ वर्ष पुगिसक्दा पनि यहाँका योजनाको ५० प्रतिशत  पनि काम सम्पन्न भएको छैन।