SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ साउन २०८२ १२:१० AM · 1 मिनेट पढाइ

नुवाकोटमा १८ घर पहिरोको जोखिममा, १२८ घर प्रभावित

नुवाकोट : नुवाकोटस्थित लच्याङको तीन बस्तीका १८ घर पहिरोको उच्च जोखिममा परेको छ।  सरोकारवाला निकायले पहिरो प्रभावित सूर्यगढी गाउँपालिका-१ लच्याङ पुगेर स्थलगत अध्ययन अवलोकन गरेको छ। जिल्ला विपद व्यवस्थापन समितिको टोलीले पहिलो चरणमा अस्थायी बसोबासका सामग्रीहरू समेत हस्तान्तरण गरेको छ। सदरमुकाम विदुरदेखि दुई घण्टाको मोटर यात्राको दूरीमा रहेको उक्त स्थानका तीन मानव बस्ती बर्खाको समयमा पहिरोको जोखिममा रहेको छ।