SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ साउन २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

नेपाली दम्पतीलाई छोराको अन्तिम कल- 'हामी बाँच्दैनौं होला'

काठमाडौं : भारत उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित हर्सिल उपत्यकामा गएको विनाशकारी बाढी र पहिरोबाट काली देवी र उनका श्रीमान विजय सिंह भाग्यले बाँचे। तर दुर्भाग्य, ती दम्पतीले आफ्ना सन्तानलाई बचाउन सकेनन्।मंगलबार करिब १२ बजे उनीहरू उपत्यका छोडेर भटवारी पुगेका थिए। जुन घटनास्थलबाट करिब ४७ किलोमिटर टाढा हो। त्यहाँ पुगेपछि उनले आफ्नो छोरासँग अन्तिमपटक फोनमा कुराकानी गरेका थिए।लेदोसहितको बाढीमा फसेका छोरासँग कुराकानी गरेका ती दुई मिनेट सम्झेर सिंह दम्पती भावुक बनेका छन्।