SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ साउन २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

बालिकालाई बलात्कार गरेर फरार रहेका अभियुक्त ४ महिनापछि पक्राउ

वीरगन्ज : पर्सामा ६ वर्षीया एक नाबालिकालाई बलात्कार गरेर ४ महिनादेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका-३ बिरञ्चीबर्वाका १४ वर्षीय नाजीर मियाँ रहेका छन्। प्रहरीका अनुसार गत चैत १३ गते मियाँले ६ वर्षीया बालिकालाई ललाई फकाई गाउँ नजिकैको नहरस्थित सुनसान ठाउँमा लगेर बलात्कार गरेका थिए। उक्त घटना बारे गाउँमा होहल्ला भएपछि मियाँका अभिभावकले उनलाई घरबाट भगाएर भारत पठाइ दिएका थिए।