SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ साउन २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

आज राति देशका यी स्थानमा हुनसक्छ छ भारी वर्षा

काठमाडौं : आज राति देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश लगायत कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।भोलि देशभर साधारणतया बदली रहनेछ।