SHARE
अन्नपूर्ण · शुक्रबार​ २३ साउन २०८२ १२:०९ AM · 1 मिनेट पढाइ

राष्ट्रियता च्यातिएका एक आदिवासी जनजाति

यो एक आदिवासी जनजातिको पीडादायी कथा हो।ती अल्पसङ्ख्यक आदिवासी, जसको थाँतथलो पटक-पटक खोसियो। जसलाई थाहै छैन, आफ्नो देश कुन हो र कुन होइन? जो वर्षौंदेखि राष्ट्रियताको गहिरो घाउ बोकेर बाँचिरहेछन्। ती अल्पसङ्ख्यक आदिवासी समूह जो इमानदार र परिश्रमी माटोका मालिकहरू हुन्। इजरायलमा उनीहरूको अर्को परिचय थपिएको छ, ती बहादुर वफादार सैनिक पनि हुन्।आज म तपाईँहरूलाई एक यस्ता सरल र इमानदार स्वभावका आदिवासी जनजातिको कथा सुनाउँछु, जसको रक्षाका लागि इजरायलले अर्को देशसँग युद्ध नै लड्यो।