किड्नी तस्करीको खेल : पहिला आफ्नै बेचे, अहिले अरूको
काठमाडौं : नुवाकोटका २४ वर्षीय समिर नेपाली र काभ्रे पाँचखालका ३५ वर्षीय राजकुमार परियार प्रहरी नियन्त्रणमा छन्। उनीहरूसँगै नुवाकोटका ४७ वर्षीय राकेश नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको हिरासतमा रहेका उनीहरूविरुद्ध लागेको कसुर भने चानचुने छैन। उनीहरू ३ सहित गिरोह नै मिलेर नेपालबाट भारतका विभिन्न सहरमा मान्छे लगेर किड्नी तस्करी गरेको आरोप छ।रोचक कुरा त के छ भने बिहीबार पक्राउ परेका मध्ये समिर र राजकुमारले यसअघि नै किड्नी बेचिसकेका छन्।
