SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

नेपाली भाषाको जन्मस्थल सिञ्जाः इतिहास बोलिरहेको छ, राज्य भने मौन

नेपालको राष्ट्रिय भाषा नेपालीको उत्पत्तिस्थल मानिने सिञ्जा उपत्यका आज आफ्नै इतिहास बचाउन संघर्ष गरिरहेको छ । करिब आठ सय वर्षअघि खस मल्ल साम्राज्यको शक्ति, शासन र संस्कृतिको केन्द्र रहेको सिञ्जा दरबार क्षेत्र अहिले संरक्षणको अभावमा भग्नावशेषमा परिणत हुँदै गएको छ ।