SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०६:०५ AM · 1 मिनेट पढाइ

मनसुन सुरु भएसँगै इलाम सम्पर्कविहीन हुने उच्च जोखिममा

काठमाडाैं । यस वर्षको मनसुन शुरु भएसँगै इलाम जिल्ला देशका अन्य भू–भागबाट कुनैपनि समयमा सम्पर्कविच्छेद हुनसक्ने उच्च जोखिममा परेको छ । गत वर्षको भारी वर्षाका कारण क्षति पुगेका राजमार्गका पुल निर्माण र ठूला–ठूला पहिरो गएका स्थानको पुनर्निर्माण हुन सकेको छैन ।