SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०४:१६ AM · 1 मिनेट पढाइ

२१ किलो गाँजासहित एक जना पक्राउ

सिरहा । सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो ।