विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना
मान्म । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी आराम कक्ष’ स्थापना गरिएको छ । नगरपालिकाका चार माध्यमिक विद्यालय र ६ वटा आधारभूत विद्यालयमा महिनावारी आराम कक्ष स्थापना गरिएको हो । महिनावारीको समयमा तथा बिरामी हुँदा छात्राहरूलाई विद्यालय नियमित रुपमा जानका लागि महिनावारी आराम कक्षको स्थापना गरिएको हो ।
