SHARE
मकालु खबर · आइबार​ ३१ जेठ २०८३ ०३:४६ AM · 1 मिनेट पढाइ

हाइटीविरुद्ध १-० को जित निकाल्दै स्कटल्याण्ड उक्लियो समूह ‘सी’ को शीर्ष स्थानमा

काठमाडौं । फिफा विश्वकपमा हाइटीलाई पराजित गर्दै स्कटल्यान्ड समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । गिलेट स्टेडियममा आइतबार सम्पन्न खेलमा स्कटल्यान्डले १-० को जित निकालेको हो । जितसँगै स्कटल्यान्डले ३ अंक जोडेको छ । आइतबार नै सम्पन्न खेलमा १–१ को बराबरी खेलेका मोरक्को र ब्राजिलको समान १ अंक छ ।