SHARE
प्रदेश खबर · शनिबार ३० जेठ २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

ट्रम्पको दाबीपछि कच्चा तेलको मूल्यमा भारी गिरावट

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध समाप्त भएको दाबी गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। एक महिनाअघि प्रति ब्यारेल ११२ अमेरिकी डलरसम्म पुगेको कच्चा तेलको मूल्य शुक्रबार घटेर ८५ डलरमा झरेको छ।