जोरहाटमा भारतीय वायुसेनाको विमान दुर्घटना, पाँच जवानको मृत्यु
काठमाण्डु- भारतको असमस्थित जोरहाट एयर फोर्स स्टेशनमा शनिबार भारतीय वायु सेनाको एएन-३२ सैन्य यातायात विमान दुर्घटनाग्रस्त हुँदा पाँच वायुसेना जवानको मृत्यु भएको छ। भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा ज्यान गुमाउनेहरूको विवरण सार्वजनिक गर्दै गहिरो दुःख व्यक्त गरेको छ।
