SHARE
मकालु खबर · शनिबार ३० जेठ २०८३ ०२:३७ AM · 1 मिनेट पढाइ

‘मुलुकको विकासका लागि अनुसन्धानमा जोड दिनुपर्छ’

काठमाडौं । नेपालका अनुसन्धानदाताहरूले मुलुकको विकासका लागि हर क्षेत्रको बृहत अनुसन्धानमा जोड दिनुपर्ने बताएका छन् । नेपाल फिलोसोपिकल रिसर्च सेन्टर (एनपीआरसी) र अनुसन्धानदाता समाजद्वारा शुक्रबारदेखि आयोजित दोस्रो राष्ट्रिय सम्मेलनमा अनुसन्धानदाताहरूले देशको विकासका लागि अनुसन्धान क्षेत्रमा जोड दिनुपर्ने बताएका हुन् ।