भरतपुरस्थित बिपी अस्पताल सुधार गर्ने प्रतिबद्धता
चितवन । सेवाग्राहीले असन्तुष्टि जनाएपछि भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल प्रशासनले सुधारात्मक कदम चाल्ने प्रतिबद्धता जनाएको छ । मङ्गलबार सेवाग्राहीले अस्पताल प्रशासनसँग छलफल गर्दै बिरामी मैत्री सेवा प्रवाहमा ढिलाइ, कर्मचारीको व्यवहार तथा स्वास्थ्य बिमा र विपन्न नागरिक लक्षित सेवामा सहजता नभएको गुनासो गरेका थिए ।
