साउदीमा एकल सांगीतिक कार्यक्रम
साउदी अरेबिया : साउदी अरेबियामा गायक रोम लामा एकल सांगीतिक कार्यक्रम २०२५” सम्पन्न भएको छ। कलाकार रोम लामाको वैदेशिक रोजगारीसँगै १० वर्षे सांस्कृतिक यात्रा पूरा भएको अवसरमा सो एकल साँझ कार्यक्रम भएको हो। नेपाली संस्कृति र संगीतको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहँदै आएका लामाको एकल प्रस्तुति नेपाली कला–संगीतप्रेमीहरूका लागि एक ऐतिहासिक क्षण समेत साबित भएको छ। कार्यक्रम गायक रोम लामाले विभिन्न विधाका विभिन्न क्षेत्रका गीतहरू प्रस्तुत गरेका थिए।
