जनार्दन शर्मालाई लक्षित गर्दै प्रचण्डले भने- गल्ती जसले गर्यो, उसैले हो आत्मालोचना गर्ने
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने बताएका छन्। स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीभित्र गल्ती गर्ने आत्मालोचना पनि गर्ने बताए।'छलफल चलिरहेको छ। जसले गल्ती गरेको छ, उसले आत्मालोचना गर्ने कुरा हो,' अध्यक्ष प्रचण्डले भने। पछिल्लो समय अध्यक्ष प्रचण्ड र नेता जनार्दन शर्माबीच द्वन्द्व चलिरहेको छ। नेतृत्वको सवालमा उनीहरूबीच चर्काचर्कीसमेत हुने गरेको छ।
