रुसमा ५०० वर्षभन्दा बढी समयपछि पहिलो पटक ज्वालामुखी विस्फोट
काठमाडौं : रुसको सुदूर पूर्वमा ५०० वर्षभन्दा बढी समयपछि पहिलो पटक ज्वालामुखी विस्फोट भएको छ। विज्ञहरूले यो गत हप्ता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताएका छन्।कामचटकाको क्राशेनिनिकोभ ज्वालामुखीबाट रातको समयमा करिब ६ किलोमिटर उचाइमा खरानी निस्किएको थियो। रुसको आपतकालीन मन्त्रालयले जनसंख्या भएको क्षेत्रमा कुनै खतरा नभएको बताएको छ।यसको केही घण्टापछि रूसमा अर्को ठुलो भूकम्पले प्रायद्वीपका तीन क्षेत्रमा सुनामीको चेतावनी दिएको छ।
