झापामा भान्सा घर र पर्खाल भत्किँदा २० लाखको क्षति
झापा : झापामा भान्सा घर र पर्खाल भत्किँदा २० लाखको क्षति भएको छ। अविरल वर्षाका कारण आज दिउँसो १:४५ बजे मेचीनगर नगरपालिका–६ पिङकीठ्याक बस्ने ज्ञानबहादुर गिरीको जस्ताको छाना भएको एक तले भान्सा घर र पर्खाल भत्किएको हो।माटो भासिएर भान्सा घर र पर्खाल पूर्ण रूपमा भत्किँदा अन्दाजी २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापा प्रहरीले जनाएको छ। गिरी सुत्ने कोठा भने सुरक्षित छ। माटो भासिएकाले उनको घर पनि जोखिममा रहेको जनाइएको छ।
