अवैध बालुवा उत्खननले लियो किरन कोलीको ज्यान
बैतडी : चमेलिया नदीबाट अवैध रूपमा गरिएको बालुवा उत्खननका कारण डिलाशैनी गाउँपालिका-३, गिरिबगडका एक युवाको ज्यान गएको छ। उक्त घटनाप्रति नेपाली कांग्रेस डिलाशैनी गाउँपालिका गाउँकार्यसमितिले गहिरो दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिनको माग गरेको छ।शुक्रबार गिरिबगडका किरन कोलीको विद्युतीय करेन्ट लागेर मृत्यु भएको हो। घटनाको मूल कारण चामेलिया नदीबाट बर्खाको समयमा जेसीबी र स्काभेटर प्रयोग गरी गरिएको अवैध बालुवा उत्खनन् रहेको कांग्रेसको दाबी छ।
