SHARE
अन्नपूर्ण · सोमबार १९ साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

ऐनापहरा बस दुर्घटना: दुई घाइते चितवन रिफर, तीनजना डिस्चार्ज

गोरखा : गोरखाबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। ग २ ख १०७७ नम्बरको बस आइतबार अपरान्ह चारबजेतिर ऐनापहराबाट करिब १५ मिटर तल खस्दा बसमा सवार पाँचजना घाइते भएका वडाअध्यक्ष दिनेश केशीले बताए।केशीका अनुसार सहिदलखन गाउँपालिका-६ की ४० वर्षीया सुनु थापा, सहिद लखन ६ रानीस्वाँराकी ४३ वर्षीया सीता थापा, सोही ठाउँकी २८ वर्षकी मीना थापा मगर, गोरखा नगरपालिका ९ का ५४ वर्षीय सनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका-१ गिरानचौरका आठ वर्षका खुशी राम रामदाम घाइते भएका छन्।