SHARE
अन्नपूर्ण · सोमबार १९ साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

मर्गदर्शन सहकारी ठगी प्रकरण : रामहरि सिलवाललाई धरौटीमा रिहा गर्ने आदेश

भैरहवा : भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी अभियोगमा पक्राउ परेका सञ्चालन समितिका सदस्य रामहरि सिलवाललाई जिल्ला अदालत रुपन्देहीले धरौटीमा रिहा गर्ने आदेश गरेको छ। आइतबार जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पुर्पक्षको बहसपछि सिलवाललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी गणेश सापकोटाले जानकारी दिए।