नेशनल इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरीका गोताखोरको दुर्घटना बीमा नवीकरण
नेशनल इन्सुरेन्स कम्पनी लिमिटेडले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त १३४ जना कर्मचारीको निःशुल्क व्यक्तिगत दुर्घटना बीमा गरेको छ। कम्पनीले प्रति व्यक्ति २ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा सुविधा उपलब्ध गराएको हो।
