छाँगा झरना प्रवर्द्धन मेला
नुवाकोट : पर्यटकीयस्थलको प्रवर्द्धनका लागि नुवाकोटको तारकेश्वरमा रहेको छाँगा खोला झरना प्रवर्द्धन मेला गरिएको छ। तारकेश्वर गाउँपालिकाले गन्तव्य तारकेश्वर, पुगौं छाँगा झरना नारासहित छाँगा झरना अवलोकन मेला गरेको हो। तारकेश्वर गाउँपालिका-१ दाङसिङमा रहेको झरनामा आयोजित मेलामा सर्वसाधारणको उत्साहजनक सहभागिता भएको र यसले पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको गाउँपालिका अध्यक्ष शिव अधिकारीले बताए।उक्त झरना अवलोकन गर्न नुवाकोट, रसुवा, काठमाडौं र धादिङबाट सर्वसाधारण पुगेका थिए।
