SHARE
अन्नपूर्ण · सोमबार १९ साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

‘५ वर्षसम्म शुन्य खर्च’ अफर सहित सार्वजनिक भयो नयाँ दिपल एस०७ आईसीए

काठमाडौं : नेपालका लागि फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय एसयुभी दिपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीसीलाई नेपालमा सार्वजनिक गरेको छ। नेपालको लक्जरी इभी सेग्मेन्टलाई नेतृत्व दिइरहेको दिपल एस०७ को यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत इभीको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।