SHARE
अन्नपूर्ण · सोमबार १९ साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

सुन र नगद चोरी भएको भन्दै झुटा निवेदन दिने २ पक्राउ

स्याङ्जा : सुनका गहना र नगद चोरी भयो भन्दै झुटो निवेदन दिने चन्द्रा र धनराज गुरुङ प्रहरी नियन्त्रणमा छन्। आँधीखोला गाउँपालिका-१ हिलेका ४१ वर्षीया चन्द्राकुमारी गुरुङ र ३८ वर्षीय धनराज गुरुङलाई पक्राउ गरी थप आवश्यक कारबाही अघि बढाएको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले बताए।गएको सोमबार अर्थात साउन १२ गते बेलुका घरबाट साढे ७ तोला सुनका गरगहना र ४ हजार चोरी भएको भन्दै चन्द्राले प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्।