SHARE
अन्नपूर्ण · सोमबार १९ साउन २०८२ १२:०६ AM · 1 मिनेट पढाइ

वर्षाका कारण गुल्मीका विभिन्न स्थानका सडक अवरुद्ध

गुल्मी: आइतबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण गुल्मीका विभिन्न स्थानका सडकहरू अवरुद्ध भएका छन्। पानीका कारण खोलामा पानीको बहाव बढेको र विभिन्न स्थानमा सडकमा पहिरो खसेर सडक पूर्णरूपमा नै अवरुद्ध भएका छन्। जिल्लाको सत्यवती गाउँपालिका-६ स्थित डहरे खोलामा पानीको अत्यधिक बहाव बढेका कारण रिडी वामी सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।अहिले कालीगण्डकी करिडोर र रिडी–वामी–तम्घास सडकखण्डहरूमा यातायात ठप्प भएको छ।