आज राति देशका यी स्थानमा हुनसक्छ भारी वर्षा
काठमाडौं : आज राति देशभर पूर्णतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।भोलि देशभर साधारणतया बदली रहनेछ।
