SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

सर्पदंशको उच्च जोखिम

सर्पले मानिसलाई आफ्नो सिकार ठान्दैन र होइन पनि। न मान्छे सर्पको शत्रु हो, न सर्प मान्छेको। तर हरेक वर्ष सर्पको डसाइले नेपालमा सयौं मानिसको ज्यान जान्छ। सर्पको आक्रमणमा मानिस परिरहन्छ। बर्खा लाग्नु भनेको मानिस सर्पदंशको सिकार हुने मौसम पनि हो। यस्तो किन हुन्छ भने सर्प गर्मी मौसममै हो पृथ्वीको सतहमा निस्कने अनि मानिससँग जम्काभेट हुने।पृथ्वीमा भएका प्राणीहरूमध्ये सर्प यस्तो दुर्लभ विशेषतासहितको सरिसृप हो, जो ६ महिना सुत्छ र ६ महिना उठ्छ। ६ महिना यो जीव सुषुप्तावस्था (हाइबरनेसन)मा जान्छ।