SHARE
अन्नपूर्ण · सोमबार २५ जेठ २०८३ ०५:१५ PM · 1 मिनेट पढाइ

किर्ते प्रकरण : वीरगञ्ज महानगरका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा वीरगंज महानगरपालिका-३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य एवं का.वा. वडा अध्यक्ष तुफैल अख्तर ठकुराई र जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल लगायतका विरुद्ध आरोपपत्र दायर गरेको हो ।