बीस विद्यालयलाई ल्यापटप वितरण
हुम्ला, २५ जेठ । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको हो । करिब ४५ लाख रूपैयाँबराबरको ४० थान ल्यापटप वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भलाराम पङ्गालीले बताउनुभयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
