SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ १०:०२ PM · 1 मिनेट पढाइ

सोमबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

काठमाडौं : सोमबार कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने छ।