SHARE
अन्नपूर्ण · आइबार​ २४ जेठ २०८३ ०९:३३ PM · 1 मिनेट पढाइ

२०२६ मा साविक विजेता अर्जेन्टिना कस्तो?

काठमाडौं : साविक विश्वविजेता अर्जेन्टिना २०२६ को विश्वकपमा उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदै छ। अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा सफल टोलीमध्ये एक अर्जेन्टिनाको टोलीमा सन् २०२२ मा कतारमा विश्वकप जितेका अधिकांश खेलाडी अझै कायम छन्। मुख्य प्रशिक्षक लियोनेल स्कालोनी र कप्तान लियोनल मेस्सीको नेतृत्वमा टोली फेरि उपाधि यात्रामा निस्किएको हो।३९ वर्षीय मेस्सीले सम्भवतः आफ्नो अन्तिम विश्वकप खेल्दै अर्जेन्टिनाको नेतृत्व गर्नेछन्।