किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द
खाँदबारी, २४ जेठ । चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट (फोरजी) सेवा अवरुद्ध भएको छ । भोटखोला–१ का वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङ्का क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा अचानक अवरुद्ध भएको जनाउँदै समस्या देखिएलगत्तै सम्बन्धित निकायलाई जानकारी गराइएको बताउनुभयो । सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको उहाँको भनाइ छ ।
