स्पा सेन्टरमा बालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने सञ्चालिका पक्राउ
ललितपुर । ललितपुरको सानेपामा स्पा सेन्टर सञ्चालन गरेर नाबालिकालाई जबरजस्ती अनैतिक कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। सानेपाको अरुणथापा चोकमा रहेको ‘शुकल्प स्पा एण्ड थेरापी’ की सञ्चालिका सुमन थापा मगर भनिने सुमन कुमाल मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परेकी हुन्। गोरखाकाे सिरानचोक गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २ सानेपा बस्ने कुमालले आफ्नो स्पा सेन्टरमा स्टाफको रूपमा कार्यरत एक बालिकालाई ललाईफकाई र विभिन्न प्रलोभनमा पारेर अनैतिक कार्यमा लगाएको प्रहरीले जनाएको छ।
