लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुईजना पक्राउ
बुटवल । लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खानसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएको महाअभियानका संयोजक खानलाई प्रहरीले सोमबार (कात्तिक ९) राति नियन्त्रणमा लिएको हो । सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा दुईजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
