SHARE
कालिका खबर · मङगलबार ११ कात्िक २०८३ ०३:५२ AM · 1 मिनेट पढाइ

सर्बियामा विद्यार्थी आन्दोलनको ऐतिहासिक जित, वुचिच समर्थित सत्ता पराजित

काठमाडौं । सर्बियामा विद्यार्थी नेतृत्वको ‘स्टुडेन्ट लिस्ट’ले संसदीय निर्वाचनमा बहुमत हासिल गरेको छ । प्रारम्भिक मतगणनाअनुसार सूचीले ५२.७१ प्रतिशत मत र २५० सदस्यीय सदनमा १४० सिट जित्ने देखिएको छ । राष्ट्रपति पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका अलेक्जेन्डर वुचिचको समर्थनमा रहेको ‘युनाइटेड सर्बिया’ सूचीले ३९.१७ प्रतिशत मतसहित १०४ सिट पाउने प्रारम्भिक परिणाम छ । लगभग दुई वर्षअघि रेलवे स्टेसनको छत खस्दा १६ जनाको मृत्यु भएपछि सुरु भएको विद्यार्थी आन्दोलनले देशको राजनीतिमा ठूलो परिवर्तन ल्याएको छ ।