SHARE
कालिका खबर · मङगलबार ११ कात्िक २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

महोत्तरीमा सात महिनामा साढे ४ करोड बढीको अवैध सामान बरामद

काठमाडौं । महोत्तरीमा सीमा सुरक्षा तथा भन्सार छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो सात महिनाको अवधिमा एकल तथा संयुक्त कारबाहीबाट साढे ४ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिएको छ । सीमा क्षेत्रमा हुने तस्करी, अवैध ओसारपसार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सुरक्षा निगरानी र गस्तीलाई तीव्र बनाइएको सशस्त्र प्रहरीले जनाएको छ । यसै क्रममा महोत्तरीको सम्सी गाउँपालिका–७ स्थित खत्वे टोलबाट भारतबाट भन्सार छली गरी ल्याइएको आशङ्कामा तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकलसहित कपडा बरामद गरिएको छ ।