SHARE
कालिका खबर · शनिबार २३ जेठ २०८३ ०४:१६ PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन : धुब्र जिसीद्वारा सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचन नजिकिँदै जाँदा विभिन्न समूहहरू नेतृत्व चयनको तयारीमा सक्रिय बनेका छन्। संघका दुई तिहाइ पदाधिकारीहरूले सामूहिक राजीनामा दिएपछि नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते निर्वाचन हुन लागेको हो। यसैबीच, सिनामंगल वैदेशिक रोजगार एकता समूहबाट धुब्र जिसीले संघको सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उक्त समूहमा करिब २०० व्यवसायी आबद्ध रहेको र संघको साधारण सभामा निर्णायक भूमिका खेल्ने दाबी गरिएको छ। उम्मेदवारी घोषणा गर्दै जिसीले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।