SHARE
हाम्रो सम्बाद · आइबार​ २४ जेठ २०८३ ०४:१५ AM · 1 मिनेट पढाइ

सिरदली–चौडेनी सडक स्तरोन्नति

भोजपुर, २४ जेठ । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ । बस्ती क्षेत्रलाई आपसमा जोड्ने मुख्य सडकका रूपमा रहेको यस सडक ग्रामीण जनजीवनका लागि महत्त्वपूर्ण मानिन्छ । वडाले हरेक वर्ष सडक मर्मत तथा स्तरोन्नतिका कार्यलाई प्राथमिकतामा राख्दै आएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद