SHARE
पर्दाफास · आइबार​ १८ साउन २०८२ ०२:३३ PM · 1 मिनेट पढाइ

१६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्दै दिक्तेलका मेयरले तोडे अनशन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले अनशन तोडेका छन्। आइतबार १६ बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्दै मेयर भट्टराईले अनशन तोडेका हुन्। ‘विश्व जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गरौँ, वन वातावरण र पर्यावरणयुक्त सामग्री प्रयोग गरौँ’ भन्ने माग राखेर आन्दोलन गर्न उनी काठमाडौं आएका थिए। काठमाडौँ आएर उनले माइतीघरमा अनशन थालेका थिए।