विपदका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा आवागमन प्रभावित
बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी तथा कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा यातायात आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै गोरखा र सुर्खेतका विभिन्न स्थानमा सडक अवरुद्ध तथा आंशिक सुचारु रहेको जानकारी दिएको हो ।
