SHARE
पर्दाफास · सोमबार १० कात्िक २०८३ ०१:१४ AM · 1 मिनेट पढाइ

आजको मौसम : हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । देशको पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।