SHARE
पर्दाफास · आइबार​ १८ साउन २०८२ ०४:५० PM · 1 मिनेट पढाइ

हेटौंडामा खैरो हेरोइन र ट्रामाडोलसहित चार जना पक्राउ

मकवानपुरको हेटौंडामा लागूऔषध ओसारपसारमा संलग्न चार जना पक्राउ परेका छन्। प्रहरीको सक्रियतामा दुई फरक घटनामा लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन्। शनिवार वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–५, पिप्लेचोकस्थित कान्तिराज लोकपथमा चेकजाँचको क्रममा ना.३५ प ६७१२ नम्बरको स्कुटर रोकेर खानतलासी गर्दा लागूऔषध फेला पारेको हो।