SHARE
पर्दाफास · सोमबार १४ बैशाख २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु

विपद्जन्य घटनाबाट एकैदिन १० जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घण्टामा भएका ६९ वटा विपद्का घटनामा १० जनाको मृत्यु भएको हो । घटनामा अन्य २५ जना घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चट्याङबाट सबैभन्दा बढी पाँच जनाको मृत्यु भएको छ ।