SHARE
पर्दाफास · आइबार​ १३ बैशाख २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

अधिकार बाँडफाँड नहुँदा संघीयता बदनाम हुँदै गएको कांग्रेस प्रवक्ता चालिसेको टिप्पणी

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले तीन तहको सरकारबीच अधिकार बाँडफाँड हुन नसक्दा संघीयता बद्नाम हुँदै गएको टिप्पणी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता चालिसेले यस्तो बताएका हुन् । तीन तहको अधिकार स्पष्ट बनाई संघीयताको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।