विदेशबाट आयात गरिएका वस्तुमा एमआरपी अनिवार्य
सरकारले आयातित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल समुद्रपार निकासी पैठारी संघका प्रतिनिधिबीच भएको छलफल पश्चात आयातित वस्तुमा एमआरपी अनिवार्य गर्ने निर्णय भएको हो ।
