SHARE
पर्दाफास · सोमबार २३ चैत २०८२ ०१:३८ PM · 1 मिनेट पढाइ

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज, अब म्याद नथप्न परमादेश

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको हकमा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरिदिएको हो ।