८५ हजार घुससहित धनकुटाका इन्जिनियर, लेखापाल र सब इन्जिनियर अख्तियारको फन्दामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा तीन जना सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । आयोगले सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब-इन्जिनियर रविन श्रेष्ठले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ स्थित विद्यालय भवन निर्माणको अन्तिम भुक्तानी प्रक्रिया अघि बढाउन सेवाग्राहीसँग लिएको घुस रकमसहित पक्राउ गरेको छ ।
